गण्डकी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

म्याग्दी, वेनी

animated national flag

पृष्ठभूमि


साविक जिल्ला कृषि विकास कार्यालय म्याग्दी र मुस्ताङ्ग को रुपमा सेवा प्रदान गर्दै आएको यस कार्यालय आ.ब. २०७५/७६ बाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश अन्तर्गतको कृषि विकास निर्देशनालय अन्तरगत रही कृषि ज्ञान केन्द्र को नाममा म्याग्दी र मुस्ताङ्ग जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

त्यसैले स्थानीय समस्यामा आधारित परीक्षण गर्ने, प्रयोगशाला सेवाहरु, प्राविधिक र कृषकहरुको क्षमता विकास, स्थानीय कृषिका निकायहरुलाई प्राविधिक पृष्ठपोषण बीउ विजन तथा उन्नत नश्लको श्रोतकेन्द्र विकास, कृषि इन्टर्न, कृषि तथ्याङ्कहरु संकलन, कृषि व्यवसाय विकास सहयोग, किसान कल सेन्टर सन्चालन लगायत संघ र स्थानीय तह बिच सेतुको काम गर्ने जिम्मेवारी यस ज्ञान केन्द्रको रहेको छ ।

कृषि विकास समबन्धी योजना तर्जूमा, विभिन्न रोग किराहरुको व्यवस्थापन, स्थान विशेषका हावापानी सुहाउँदो प्रविधि र जातहरु सम्बन्धमा कृषकहरुलाइ जानकारी लगायत माटोको अवस्था रोग किरा पहिचान रसायनिक र प्राङ्गारिक मल र बीउको गुणस्तर परीक्षण लगायतका प्राविधिक र प्रयोगशाला सेवा समेत उपलब्ध गराउनका लागि स्थानीय तहमा रहेका कृषि विकास शाखाहरु पर्याप्त हुदैनन । त्यस्ता शाखाहरुलाई आवश्यक प्राविधिक पृष्ठपोषण उपलब्ध गराउनुका साथै अन्तर स्थानीय निकायहरु समेतलाइ समेट्ने गरि बजार संरचनाहरु निर्माण परियोजनाहरु सन्चालनका लागि यस ज्ञान केन्द्रको भूमिका महत्वपूर्ण रहेको छ ।