१.
जिल्लाको कृषि तथ्याङ्क प्रोफाइल तयार तथा
अद्यावधिक गर्ने ।
२. स्थानीइ
निकायमा कार्यरत कृषि प्राविधिकहरुलाई तालिम तथा क्षमता अभिवृद्धि गर्ने ।
३. व्यवसायीक
किसान ,उद्यमी तथा कृषि फर्म संचालकको लागि तालिम तथा क्षमता
अभिवृद्धि गर्ने ।
४. आधुनि
तथा उन्नत कृषि प्रविधिको प्रदर्शन,परीक्षण तथा
सिफारिस गर्ने ।
५. माटो तथा
मल, वीउ तथा वाली संरक्षण सम्बन्धी सामान्य प्रयोगशाला सेवा
प्रदान गर्ने ।
६. संघिय
कृषि विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयन तथा सम्पर्क विन्दुको रुपमा कार्य
गर्ने ।
७. प्रादेशिक
कृषि विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयन गर्ने ।
८. प्रधानमन्त्री
कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्रभित्रका जोन र सुपरजोनको लागि प्राविधिक
सेवा उपलब्ध गराउने ।
९. प्रधानमन्त्री
कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कमाण्ड क्षेत्रभित्रका पकेट तथा व्लकको
कार्यक्रम संचालन तथा प्राविधिक सेवा उपलब्ध गराउने ।
१०. भौगोलिक
विविधता अनुसारको प्राथमिकता प्राप्त वाली वस्तु विकासको योजना मूल्य अभिवृद्धि
शृङ्खला विकास तथा कार्यान्वयनको समन्वय गर्ने ।
११. आर्थिक
महत्तवका स्थानिय कृषि विविधताको पहिचान, संरक्षण तथा
उपयोग गर्ने ।
१२. विभिन्न
बालीनालीका रोग किराहरुको पेष्ट म्याप तयार गर्ने ।
१३. विभिन्न
वालीनाली तथा रोग किराहरको संङ्कलन, पहिचान तथा
संरक्षण गरी सङ्गखलाको रुपमा विकास गर्ने ।
१४. स्थानीय
वाली/रैथाने वाली/लोपोन्मुख तथा उपेक्षित वालीको जर्म प्लाजम सड्कलन गरी Gene
bank लाई उपलब्ध गराउने Genebank संग सहकार्य
गर्ने ।
१५. स्थानीय
तहका कृषि एकाइहरुबाट कृषि सम्बन्धी तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने साथै
असिना, बाढी, पहिरो जस्ता दैवि प्रकोपको विवरण
सङ्कलन गरी तथ्याङ्क प्रादेशिक तथा सङ्घिय तथा तालुक निकायहरुमा पठाउने ।
१६. वीउ, विषादी
तथा मलखाद विक्रेताहरुको अनुमति, नवीकरण तथा अनुगमन गर्ने साथै
तिनीहरुको क्षमता अभिवृद्धि गर्ने ।
१७. कमाण्ड
क्षेत्रभित्र रहेका स्रोत केन्द्रहरु, फलफुल तथा तरकारीको
नर्सरीहरुलाई प्राविधिक सेवा प्रदान गर्ने ।
१८. कमाण्ड
क्षेत्र भित्र रहेका फलफूल तथा तरकारीको नर्सरीहरुको तालुक निकायको समन्वयमा
प्राविधिक अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा निरोगिताको प्रमाणपत्र उपलब्ध
गराउने ।
१९. निरोगिताको
प्रमाणपत्र विना वीउ, विरुवा, वेर्ना तथा अन्य
रोपण सामाग्रीहरुको ओसारपसारमा तालुक निकायसंग समन्वय गरी रोक लगाउने ।
२०. व्यावसायिक
फर्म, विमा, कृषिजन्य उद्योगमा विद्युतिकरण, विषादी
विक्रेता आदिको लागि सिफारिस प्रदान गर्ने ।
२१. कमाण्ड
क्षेत्रभित्र कृषि उद्यम् तथा व्यवसाय संचालन गर्न चाहानेहरुको लागि प्राविधिक तथा
व्यवसायिक कार्य योजना तयार गर्न सहयोग गर्ने ।
२२. कृषक
वर्गीकरणको लागि स्थानिय सरकारसंग समन्वय तथा सहजीकरण गर्ने ।
२३. कृषि
स्नातक तथा JT/JTA कोर्ष अध्यनरत विद्यार्थीहरुको लागि इन्टर्नसिप कार्यक्रम
संचालन गर्ने ।
२४. सङ्घिय
एवम् प्रादेशिक कृषि सम्बन्धी ऐन, निती, नियम,
नियमावली, निर्देशिका सम्बन्धी सरोकारवाला निकायहरुलाई सुसूचित गर्ने, गराउने ।
२५. स्थानिय
तह अन्तर्गत नगरपालिका, गाउपालिका तथा वडाको विस्तृत स्थलगत
सर्वेक्षण गरी भुगोल, हावापानी, महोडा, कृषि
पर्यटन, माटो,
२६. नेपाल
कृषि अनुसन्धान परिसदसंग समन्वय गरी वाह्य अनुसन्धान स्थलको रुपमा कार्य गर्ने ।
२७. सङ्घिय
तथा प्रदेश सरकारले तोकेका अन्य प्राविधिक कार्यहरु गर्ने ।
२८. समग्र
कृषि विकासको सम्बन्धमा सङ्घ, प्रदेश
र स्थानिय विच पुलको काम गर्ने ।
२९. यस अघि
साविक जिल्ला कृषि विकास कार्यालयले प्रतिनिधित्व गर्ने जिल्लास्तरका समितिहरुमा सहभागिता जनाउने ।